मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक

नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ‘लाइनअप’ सार्वजनिक भएको छ। मंगलबार महोत्सवले डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी ४७ चलचित्रको सूची सार्वजनिक गरेको हो।

महोत्सवमा विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्रान्ड जुरी पिक्सन अवार्ड फिल्म ‘अल वी इमाजिन एज लाइट’, सर्ट सेक्सनमा अवार्ड प्राप्त ‘द म्यान हु कुडनट रिमेन साइलेन्स’, बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्ट सेक्सनमा अवार्ड विजेता ‘एन आउटरन’, बर्लिनकै जेनेरेसन के प्लसमा अवार्ड प्राप्त ‘अनार दाना’ र ‘ओटिट’जस्ता चलचित्र पनि प्रतिस्पर्धाका लागि छनोट भएका छन्।

त्यस्तै, अन्तर्राष्ट्रिय सर्ट वृत्तचित्र प्रतिस्पर्धामा ‘हाउ टू प्लिज’सहित ९ वटा वृत्तचित्र छनोट भएको महोत्सव आयोजकले बताएको छ।

सामाजिक न्यायको मुख्य थिममा हुने महोत्सवको १२औँ संस्करण चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन हुनेछ।

सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले मानव अधिकारसँग सम्बन्धित चलचित्रहरूको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको छ। केन्द्रले मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तर्क्रिया तथा गोष्ठीहरू पनि आयोजना गरिरहेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *